राजकीय सम्मानका साथ नेता गिरीकाे अन्त्येष्टि (तस्वीरसहित)

काठमाडाैँ । शनिवार राति निधन भएका नेपाली कांग्रेसका नेता तथा प्रबुद्ध समाजवादी चिन्तक प्रदीप गिरीकाे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिए छ ।  गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए ।

लामाे समयदेखि क्यान्सरबाट पीडित नेता गिरीलाई अन्तिम श्रद्धाञ्जलि दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अन्य मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।

गिरीलाई उनका छोरा सन्तोष, र भतिजाहरू प्रन्ययन गिरी र सन्दर्भ गिरीले दागबत्ती दिएका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =