एउटै स्कुलका १८ विद्यार्थीमा कोरोना संक्रमण, विद्यालय ७ दिन बन्द
२०७९ भदौ ४ गते

पोखरा । गोरखाको एक स्कुलका १८ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । आरुघाट गाउँपालिका ८ दरबार माविका १८ विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो ।
विद्यार्थीहरुमा केही दिनदेखि रुघाखोकी र ज्वरो आएपछि नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । ६६ विद्यार्थीको नमुना संकलन गरिएकोमा ९ जना छात्र र ९ जना छात्रामा संक्रमण पुष्टि भएको हो ।
अन्य विद्यार्थीलाई समेत लक्षण देखिएकोले विद्यालय तत्कालका लागि बन्द गर्ने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । पहिलो पटक ७ दिन विद्यालय बन्द गरिने र आवश्यक परे विदा अझै थप्ने विद्यालयले जनाएको छ
२०७९ भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित








