आत्मदाहको प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन
२०८३ असार ३० गते

काठमाडौं । सर्लाहीमा आफैंमाथि पेट्रोल छर्केर आगो लगाएका ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको मंगलबार बिहान करिब २:४० बजे निधन भएको हो।
सर्लाहीको गडैता नगरपालिका–१० निवासी मण्डलले गत असार २६ गते आफ्नै घरनजिक पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घटनापछि उनलाई गम्भीर अवस्थामा हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु गरिएको थियो। शरीरको ठूलो भाग जलेर गम्भीर घाइते भएका मण्डललाई बचाउने प्रयास सफल हुन नसकेको प्रहरीले जनाएको छ।
यसअघि काठमाडौंमा गणेश नेपाली र अश्विन राउतले पनि आफैंमाथि आगो लगाएका थिए। उनीहरूको पनि वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
२०८३ असार ३० गते
प्रतिक्रिया








