भ्रष्टाचारि दण्डित भएको हेर्न चाहनुहुन्छ भने राप्रपा नेपाल रोज्नु : कमल थापा

ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिगतका गल्ती त्रुटि नदोहोर्‍याउने भन्दै भ्रष्टाचारि दण्डित भएको हेर्न चाहना राख्ने जनताले आगामी निर्बाचनमा राप्रपा नेपाललाई रोज्न आग्रह गरेका छन् ।

आज ललितपुरको जावलाखेलमा पार्टीद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले बेरोजगारी ,महङ्गी, धर्म परिबर्तन , कुशासनको अन्त्य गर्नको निमित्त जनताले अनुभुती गर्ने परिबर्तनको निमित्त बिकल्पमा जानू पर्ने बताएका छन् , अहिलेको सन्दर्भमा बैकल्पिक शक्ति भनेको राप्रपा नेपाल भएको चर्चा गर्दै थापाले वैदेशिक हस्तक्षेपको अन्त्य गर्नको निमित्त राष्ट्रबादी शक्ति राप्रपा नेपाल बलियो हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाली जनताले खोजेको परिबर्तन , बिकास र समृद्धिको चाहना र सपना पूरा हुन नसकेको भन्दै ठुला भनिने दलहरु आत्मसमर्पणबादी मानसिकताबाट ग्रसित भएकोले मुलुकको स्वाभिमान समेत कमजोर भएको तर्क गरे ।

कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष श्याम तिमल्सिनाले आगामी चुनावमा राप्रपा नेपालले ललितपुरबाट राम्रो जनमत प्राप्त गर्ने भन्दै राप्रपा नेपाललाई बिश्वास गर्न ललितपुरे जनता समक्ष आग्रह गरे । कार्यक्रम शुरु हुनु अघि लगनखेल बसपार्कबाट नारा सहित जुलुस प्रदर्शन गरिएको थियो । जुलुसको नेतृत्व पार्टी अध्यक्ष कमल थापाले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =