पूर्वयुवराज्ञी हिमानी शाहकाे स्वास्थ्यमा सुधार

काठमाडाैँ । पूर्वयुवराज्ञी हिमानी शाहकाे स्वास्थ्यमा सन्ताेषजनक सुधार आएकाे छ । टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि बुधबार ललितपुरकाे मेडिसिटी अस्पतालमा भर्ना गर्नुपरेकाे थियाे ।

अस्पताल स्राेतका अनुसार अबकाे एक दुई दिनमा हिमानी डिस्चार्ज हुनेछिन् । पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन् ।

उनी मंगलबार अष्ट्रेलियाबाट नेपाल फर्केको उनीनिक स्रोतले जानकारी दिएको छ । नेपाल फर्किएकाे भाेलिपल्ट उनी बिरामी भएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =