यी हुन् उम्मेदवार छनाैटमा एकीकृत समाजवादीकाे ८ मापदण्ड (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) आसन्न मंसिर  ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्नका लागि सिफारिस एवम् छनाैट गर्न ८ मापदण्ड तय गरेको छ । पार्टीका महासचिव बेदुराम भुसालले बिहीबार जारी गरेको विज्ञप्तिमा बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार सिफारिस एवम् छनाैट गर्नका लागि ८ मापदण्ड तय गरेको उल्लेख गरिएको छ ।

मापदण्डहरूमा पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेकोलगायत ८ वटा छन् ।  यसैगरी बैठकले आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवम् निर्णय गर्ने प्रक्रियासमेत तय गरेको छ ।

बैठकले निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारको सिफारिस एवम् निर्णय गर्ने ७ बुँदे प्रक्रिया तय गरेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =