गोरखाको पालुङटारमा युवकको शव भेटियो, हत्या आशङ्कामा ३ जना पक्राउ
२०७९ साउन २९ गते

फाइल फोटो
पोखरा । गोरखाको पालुङटारमा एक युवकको शव भेटिएको छ । पालुङटार ५ चिसापानीमा २७ वर्षीय बुद्धि विकको शव भेटिएको हो ।
शवको अवस्था शङ्कास्पद भएपछि हत्या हन सक्ने आशङ्का प्रहरीले गरेको छ । ‘शरीरमा चोटपटक छ । हत्या हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ गोरखाका एसपी केदार खनालले भने, ‘आशङ्काकै आधारमा स्थानीय ३ जना पक्राउ परेका छन् ।’
तीन जनालाई सदरमुकाम लगेर थप अनुसन्धान गरिने खनालले बताए ।
२०७९ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








