शेखर कोइरालाले बोलाए छुट्टै बैठक
मकालु खबर
२०७९ साउन २८ गते
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूह बैठक बोलाएका छन् । सिट बाँडफाँट र भ्रातृ संस्थाको नेतृत्व चयनबारे छलफल गर्न नेता कोइरालाले बैठक बाेलाएका हुन् ।
बैठकमा सिट बाँडफाँड, भ्रातृ संगठनको नेतृत्व चयनमा सल्लाह नगरेकोलगायतका विषयमा छलफल हुनेछ । बिहीबार सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेका छन् ।
कुनै पनि भ्रातृ संस्थाको नेतृत्व चयनका बेला आफूहरुलाई जानकारी नगराएको र आफ्नो समूहका कसैलाई पनि भाग नदिएको कोइराला समूहको गुनासो छ ।
मकालु खबर
२०७९ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित