सिंगटीमा भीषण वर्षासँगै पहिरो, ६५ घर जोखिममा

काठमाडौँ । वर्षासँगै झरेको पहिरोको कारण दोलखाको सिंगटी बजार क्षेत्रका केही घर भत्किएका छन् भने ६५ घर जोखिममा परेका छन् । इलाका प्रहरी कार्यालय भवनसमेत जोखिममा परेको छ ।

गएराति बिगु गाउँपालिका-४ लादुकमा पहिरो गएको हो । पहिरोको जोखिममा परेपछि सबै परिवार विस्थापित भएका छन् । जोखिममा परेकाहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सानु तामाङले जानकारी दिए । बजार क्षेत्रका घरमा लेदो माटो छिरेको छ ।

पहिरोको कारण बजार क्षेत्रको बाटोसमेत अवरुद्ध भएको थियो । सोही ठाउँमा गत २३ गते पनि पहिरो गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =