मदन पुरस्कारद्वारा श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक
२०७९ साउन २३ गते
काठमाडौँ । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७८ु का लागि प्राप्त भएका २९९ पुस्तकमध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरेको छ । पुरस्कारका लागि प्राप्त पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले मदन पुरस्कार गुठीलाई ८ पुस्तकको नाम उपलब्ध गराएको हो ।
छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७८ को मदन पुरस्कार दिइने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् ।
छनोटमा परेका ८ पुस्तक
अग्नि– डा.नवराज लम्साल
ग्रीष्मको नीलो बतास– डा. दामोदर पुडासैनी किशोरु
महाभारा– बसन्त बस्नेत
यादको सन्दुक– दिपा मेवाहाङ राई
लिच्छवि लिपि– डा. नयनाथ पौडेल
व्युत्पत्तिमूलक संस्कृत– नेपाली शब्दकोश –प्रा। नीलमणि ढुङ्गाना
सती स् इतिहास र मीमांसा– सुजित मैनाली
हिति प्रणाली– पद्मसुन्दर जोशी
२०७९ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








