काेराेना संक्रमणबाट थप एकजनाकाे मृत्यु
मकालु खबर
२०७९ साउन १९ गते
काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ छ । १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
५ हजार ९ सय २६ जनाको परीक्षणमा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ५ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९४ जना र ३ हजार ३ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ६६ जनामा संक्रमण देखिएको हाे ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय २४ जना संक्रमणमुक्त भएका भने ५ हजार ४ सय४० जना होम आइसोलेसनमा रहेका छन् ।
यस्तै १ सय ६२ जना संस्थागत आइसोलेसन र ४४ जना आईसीयूमा छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ३२ हजार ६ सय १३ पुगेको छ ।
मकालु खबर
२०७९ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित