मादक पदार्थ सेवन गरी स्कुल बस हाक्ने चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने स्कुल बसहरूलाई कारबाही गरेकाे छ ।

प्रहरीले अाइतवार उपत्यकाका विभिन्न स्थानहरूमा गरेकाे चेकजाँचका क्रममा १६ वटा स्कुल बसहरू कारबाहीमा परेका छन् ।

स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत आइतवार बिहान उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाइ विभिन्न कसुरमा कारबाही गरिएकाे काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

कारबाहीमा पर्नेहरूमध्ये ५ जना चालकले मादक पदार्थ सेवन गरेकाे भेटिएकाे प्रहरीले जनाएकाे छ ।

अबका दिनमा यस्ताे चेकजाँच अभियान निरन्तर रूपमा सञ्चालन गरिने ट्राफिक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + three =