हर्क साम्पाङ र सहरी विकास मन्त्री मेटमणि चौधरीको भेट

काठमाडौं । हर्क साम्पाङ र सहरी विकास मन्त्रीले मेटमणि चौधरीबिच भेट भएको छ । भेटमा सहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन्।

धरान पुगेका सहरी विकास मन्त्रीको स्वागतमा मेयर साम्पाङले आफ्नै कार्यालयमा कार्यक्रम गरेका थिए। ‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ। त्यसमा उहाँको सबैभन्दा बढी इन्नोसेन्ट र कमिटमेन्ट पाउँछुु, आफ्नो स्वागत कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ुमान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन्।

हाँसोको विषय बनाउँछन्। तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि।’हर्क साम्पाङबाट नेपाली समाजले मात्रै नभएर अन्यले पनि सिक्नुपर्ने भन्दै चौधरीले प्रशंसा गरे। ‘मेयर साुवले सुरु गर्नुभएका सबै योजनामा पूरै सहयोग गर्नेछु। खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन निम्तो गर्छु’, उनले भने।

धरानको खानेपानी र बसपार्कको समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता पनि चौधरीले व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =