एसईई अनुभव : परीक्षा हलकाे त्याे ‘महिनावारी पीडा’

काठमाडाैँ । पाँचथरको राके महाभरत बाल स्कूलबाट मैले आफ्नो विद्यालयीय जीवन शुरू गरेकी थिएँ । त्यसपछि म पाथिभरा स्कूलमा भर्ना भए । मैले त्यो स्कूलमा ७ वर्ष अर्थात् ७ कक्षासम्मको अध्ययन पूरा गरेँ ।

राके बजार निकै लेक पर्छ । सो स्थानमा १२ महिना अत्याधिक चिसो हुने भएकाले मलाई मेरो बाबा-ममीले पढाइ अन्यत्र सार्दिने निधो गर्नुभएछ । मलाई आफ्नो ठाउँ विद्यालय छाडेर अन्यत्र जाने मन त थिएन, तर आफ्नो भविष्यका लागि पनि मैलै अन्यत्र जाने निधो गरेँ, बाबा-ममीकाे निर्यणलाई नकारिनँ । उसो त मलाई चिसो ठाउँमा बसेर पढ्नसमेत एकदम गाह्रो भइरहेकै थियाे । परिवारमा म, बाबा-ममी र बहिनी थियाैँ । बाबा-ममीको सल्लाहअनुसार म झापा बसेर पढ्नुपर्ने भयो । शुरूमा म फूपु दिदीकोमा बसेर पढ्ने र पछि बहिनी पनि झापा झरेपछि ममी पनि हामीसँगै बस्ने घरसल्लाह भएछ ।

||पाँचथरकाे राकेमा रहेकाे पाथिभरा स्कूल । तस्बिर : अनुस्का भट्टराई||

त्यसपछि म कक्षा ८,९ र १० को आफ्नो पढाइ पूरा गर्नलाई म बिर्तामोडको लिटल फ्रावर स्कूलमा भर्ना भएँ र मैले त्यस स्कूलमा आएपछि मेरो पढाइ निकै राम्रो भएको विद्यालय प्रशासन र शिक्षक-शिक्षिकाहरूबाट थाहा भयाे र म आफैँलाई पनि त्यस्तै लाग्थ्याे । सो विद्यालयको वातावरण र मेरो मेहेनतले मैले आफूलाई सुधार्ने मैका पाएकोमा मन खुसी लाग्थ्याे । अहिले सम्झिँदा पनि खुसी नै लाग्छ ।

कक्षा ९ मा पुगेपछि ममी र बहिनी पनि झापा आउनु भएपछि हामी सँगै भ भयाैँ । तर मलाई बाबा एक्लै हुनुभएकामा पनि कम पिरचाहिँ लाग्दैथ्याे । हाम्रो पढाइका लागि बाबा-ममीले धेरै दु:ख गर्नुभएको थियो । मलाई जहिले पनि राम्रो नम्बर ल्याएर उहाँहरूको सपना पूरा गर्ने मन थियो/हुन्थ्याे र छ पनि ।

तर संयोगवश् त्यही बेला कोरोनाभाइरसकाे संकट आइलाग्याे । कोरोनाका कारण हाम्रो क्लास पनि सर्‍याे, धकेलिँदै गयाे । त्यसबखत म आफ्नो घर पहाड गएँ । बैशाखबाट नै अनलाइनमा क्लास शुरू भयो । अनलाइन क्लास बैशाखदेखि पुससम्म भयो । तर मेरो पढाइ अनलान क्लासका कारण बिग्रिएको थियो । खासै मोबाइलमा नपढेको दैनिक स्कूल गएर गुरुआमा गुरुबासँग साक्षात् गरेर पढ्ने बानी भएकाले हाेला, अनलाइन क्लास एकदमै नाैलाे लागिरहेकाे थियाे ।त्यसपछि मलाई एकदमै गाह्राे र पढाइ बिग्रिएकाे महसुस भयाे । ९ कक्षाको वार्षिक परीक्षा पनि अनलाइनमै भयाे । अनलाइनमा परीक्षा भएको कारणले गर्दा मैले सोचेजस्तो नतिजा ल्याउन नसक्ने होला भन्ने मैलो आकलन गरेकी थिएँ । तर सन्तोषजनक नतिजा आयो, जे हाेस् सन्तुष्ट भएँ ।

फेरि कक्षा १० को पढाइ शुरू भयो । त्यो पढाइ अनलाइनबाट नै भएकाले मलाई गाह्रो भयो, तैपनि ९ काेभन्दा केहीरूपमा सजिलाे महसुस भयाे । किन पनि भने मलाई त्या क्लास भने खास नाैलाे लागेन । उसो त एसईई लेख्नुपर्ने म अनलाइन क्लास भएपछि मज्जाले बुझ्दिनँ थिएँ, कहिले आँखा दुख्ने त कहिले टाउको दुख्ने हुन्थ्याे । सोहीबेला बिजुली पनि झप्प-झाप्प जाने भएको कारणले मैले आफ्नो पढाइलाई निखार्न नसकेको महसुस गर्थेँ । मलाई साेहीकारण धेरै पीडा हुन्थ्यो । कतै मेरो नतिजा राम्रो नआउलाकी भन्ने लाग्थ्यो । कहिले नेट स्लो भएर म त्यतिकै क्लासबाट आउट हुन्थेँ । ध्यान दिएर पढ्ने वातावरण नै थिएन । सरहरूले त मज्जाले पढाउनु भएपनि नयाँ भएर होला मलाई एकदम गाह्रो भएको थियो ।

बैशाख ८ गतेको दिन थियो । भोलिपल्ट ९ गतेबाट एसईई शुरू हुने थियो । मलाई साेही दिन महिनावारी भयाे ।

शुरूमा टपिक बुझाउनुहुन्थ्यो । बूकबाट बुझाएर फेरि यूट्युबकाे भिडिओबाट बुझाउनुहुन्थ्यो । पछि मंसिर महिनाबाट हाम्रो भौतिक उपस्थितिमै क्लास हुने भयो, खुसी लाग्याे । पढाइ भाैतिकरूपमै हुने हर्षबढाइँ एकतिर थियाे भने केही समयअगाडिदेखि नभेटिएका साथी-सङ्गीहरू अनि गुरुबा गुरुआमाहरूलाई पनि साक्षात् गर्न पाइने वातावरण बनेकाे थियाे । फेरि कोरोना बढेका कारण र फेरि माघ महिनाभरि अनलाइन क्लास शुरू भइहाल्यो । अझ मेरो पढाइ बिग्रने हो कि भनेर तनाव हुन थालेकाे थियाे । अनलाइन क्लास भएकाले पढाइ पहिलाभन्दा धेरै नै बिग्रिसकेको थियो ।

सो कारण म कोचिङ क्लास जोइन भए । त्यसपछि केही आफ्नो पढाइ मा मद्दत भयो । फेरि मलाई मंसिरबाट नै ट्यूसन क्लास पनि लगाइदिनुभयो बाबा-ममीले । ट्यूसन र कोचिङले गर्दा अब भने मेरो पढाइ सुधाराेन्मख भएको थियो । आफ्नो काेर्ष नसकिएको बोझ भने छँदै थियो । काेर्ष नसकिएकाे कारण सरहरूले हतारमा कोर्ष सक्ने तर्खरमा लाग्नुभयो । हामीसँग त रिभिजन गर्ने टाइम पनि थिएन । हाम्रो काेर्ष हुनुभन्दा एक हप्ता अगाडि मात्र सकियो । एसईई आउन एक महिना बाँकी थियाे जम्माजम्मी ।

मन एकदम बिरक्तिएको थियो । साथीभाइ, गुरुआमा-गुरुबाहरू छाडेर जानुपर्दा साँच्चै मन बिरक्तिएको थियो, जुन यहाँ म बताउन सक्दिनँ । स्कूलको अन्तिम दिन आँखा रसाएका थिए, मन पाेलेका थिए अनि मुटुकाे चाल बढेकाे थियाे । ओठमा मुस्कान थिएन, मन भारी भएकाे थियाे । जे हाेस् म याे भन्न खाेज्दै छु कि गाह्राे भएकाे थियाे । फेरि पनि आमप्रक्रियालाई त छाेड्न समयकाे नियमले दिँदैनथियाे ।

||झापाकाे बिर्तामाेडमा रहेकाे लिटल फ्लावर स्कूल। तस्बिर : अनुस्का भट्टराई||

सरहरूले स्कूलको अन्तिम दिन उज्ज्वल भविष्यकाे कामना गर्नुभयाे, भावी दिनका लागि शुभकामना व्यक्त गर्नुभयाे । हामी सबै निरास-निरस थियाैँ । त्यो बेला मलाई राकेको स्कूल छाडेको भन्दा दु:ख लागिरहेकाे थियाे । सम्भवत: हुँदाे हाे कि म राकेकाे भन्दा ठूलाे भइसकेकाे हुँदाे हुँ, मेराे मन-मस्तिष्कहरूमा छुट्टिनुकाे भाव बुझ्ने क्षमता प्राप्त भइसकेका थिए । राकेको स्कूल छोड्दा म अर्कै ठूलो स्कूल पढ्ने भएँ भनेर अलिकति भएपनि खुसी थिएँ । तर त्यहाँको स्कूल छाड्नुपर्दा भने मन बिरक्तिएको थियो । सरहरूले अनलाइन क्लास भएकाले एसईईको परीक्षा नियन्त्रण कार्यालयको मातहतमा हुने र गाह्रो हुने कुरा सुनाउनुभयो । उसो त त्यो भन्दाअगाडि आन्तरिक मूल्याङ्कनबाट एसईईको रिजल्ट आएका कारण गाह्रो भने अवश्य हुने थियो ।

हुँदा हुँदै मेरो परीक्षाको दिन नजिकिएको थियो । बैशाख ८ गतेको दिन थियो । भोलिपल्ट ९ गतेबाट एसईई शुरू हुने थियो । मलाई साेही दिन महिनावारी भयो । त्याे बेलाको पीडाको कारण मलाई अझ परीक्षामा गाह्रो भयो । ९ गते अङ्ग्रेजी विषयकाे लेख्नु थियाे । पेट दुखेका कारण मलाई धेरै पीडा भएको थियो । जे भएपनि मैले त्यो प्रक्रियालाई पार गर्नु थियो । हुन त मलाई यसअगि पनि पटक-पटक स्कूलमा महिनावारी भएर मैले धेरै पीडा खपिसकेकी थिएँ । कहिले त पेट दुखेर बेहोश हुने अवस्था पनि नआएको होइन । कतिपटक त मैले लगाएको फ्रकमा पनि रगत लत्पतिएको कारण क्लास छाडेर घर जानुपर्ने बाध्यता थियो । त्यो म शब्दमा व्यक्त गर्न सक्दिनँ । स्कूलमा मेडिकल भएकाले प्याड सहजै पाउने थियो । तर, माग्न लाज हुन्थ्यो । मागेर लगाए पनि कहिलेकाहीँ ओभर ब्लिडीङ्ग भएका कारण फ्रक पूरै भिज्थ्याे । मलाई एसईई एकजामको बेला पनि यही होला कि भनेर चिन्ता हुथ्यो ।

अनि बेला बेला पछाडि छामी रहन्थेँ । मैले यो मेरो मात्र प्राेब्लम होइन भनेर चित बुझाउने गर्थेँ । त्यो मात्र होइन, धेरै छात्राहरूलाई पनि मलाईजस्तै परीक्षाको बेला महिनावारी भयो होला भेर मनमा पनि कुरा खेल्थे । अगिपछि पनि कहिले विद्यालयमै महिनावारी भएका कारणले कति धेरै पीडा हुन्थ्याे । कहिले त मलाई छोरी भएर जन्मदा धेरै पीडा खेप्नुपर्ने रहेछ भनेर आफैँप्रति दिक्क महसुस हुन्थ्यो ।

बैशाख १७ गते परीक्षा सकियो । तर, प्रश्नहरू अलिक गाह्राे आएका थिए । हामीले फिजिकल क्लास पढ्न नपाएका कारण प्रश्नहरूले निमोठिरहेका थिए । गाह्रो भएको थियो । ६, ७ महिना अनलाइन क्लासमै बित्यो र काेर्ष पनि ढिलो सकिएर रिभिजन गर्ने टाइम नभएकाले परीक्षामा निकै चुनैती खप्नुपर्ने अवस्था आयो । हुन त परीक्षा भन्ने चिज कहाँ सहज हुन्छ र । तर पनि अन्य परीक्षाभन्दा मलाई एसईईको परीक्षा गाह्रो भएको थियो । त्यही मानी मलाई सो समयमै महिनावारी भएका कारणले धेरै नै कष्ट थियो । परीक्षाको बेला पनि महिनावारी बाधक भएको कारणले मैले सोचेजस्तो नतिजा ल्याउन नसक्ने महसुस गरिरहेकी थिएँ ।

एसईई सकिएर म पुन: राके फर्किएँ । म बाबाको साथमा बसेँ, हाम्रो राके बजारमा कपडाको पसल भएकाले म बाबासँग बसेर उहाँलाई सहयोग गर्थेँ । ममी र बहिनी बिर्तामोडमै रहनुभयाे । एसईई सकेर के पढ्ने भन्ने पिर हुन थालेको थियो । तर बाबा-ममीले मैले जे इच्छा गर्छु त्यही पढाउने भन्ने कुराहरू सुनाएपछि म रिजल्टको पर्खाइमा थिएँ । दिनहरू गन्दै बस्न थालेँ, दिनहरू बित्दै गए । एसईईका बारेमा विभिन्न समाचारहरू आउँदा ओहो मेरो रिजल्ट आयो भन्ने लागेर मन झसङ्ग हुथ्यो । जब साउनको ११ गते रिजल्ट आयो एकदम अत्तालिएँ । रिजल्ट हेरियो ए प्लस आएछ । तर सोचेजस्तो राम्रो जीपीए आएन मलाई महसुस भयो कि मैले अझ मेहेनत गर्नुपर्ने रहेछ ।

अनलाएन क्लास नभएको भए म अझै राम्रो गर्ने थिएँ भन्ने महसुस भयाे । अब म योभन्दा माथिको पढाइलाई अझ राम्रो गर्ने छु, मनमा बाचा छ । म नेपालमै बसेर अध्ययन गरेर नेपालमै काम गर्ने सोचाइमा छु । मलाई जन्माएर मेरो यात्राको सहयात्री बनेर मेरो इच्छा पूरा गर्ने मेरा बाबा-ममी सलाम ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =