विशेष समितिको प्रतिवेदन संसदमा पेस गर्ने तयारी, जनार्दनमाथिको आरोप पुष्टि हुन नसकेको निष्कर्ष

काठमाडौँ । संसदीय विशेष समितिले सभामुख अग्नि प्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समय तय भएको छ । सभामुखलाई बुझाए लगत्तै सदनमा पेस गर्ने तयारी छ ।

बिहीबार नै समय सकिएको समितिले शुक्रवार सभामुखलाई प्रतिवेदन बुझाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार ज्येष्ठ सदस्यको हैसियतमा समितिको संयोजकत्व गरेका लक्ष्मणलाल कर्णले दिउँसो ३ बजे सभामुखलाई प्रतिवेदन बुझाउने तय भएको हो ।

संसद् सचिवालयका अनुसार संसद् भवन नयाँ बानेश्वरमै सभामुखलाई प्रतिवेदन बुझाइनेछ ।
प्रतिनिधिसभाको जारी बैठकलाई स्थगित गरेर आजै अर्को बैठक राख्ने । पहिलो बैठक स्थगित गरेर छानबिन समितिको प्रतिवेदन सभामुखले बुझेर दोस्रो बैठकमा पेस गर्ने तयारी छ ।

करको दल हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो । समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो ।

समय अपुग भएको भनी साउन ५ गते सात दिन समय थप भएको थियो । प्राप्त समयमै छानबिन समितिले प्रतिवेदन तयार गरेको छ । तयार प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =