खानेपानी तथा सरसफाइ विधेयक पारित
२०७९ साउन १२ गते

फाइल तस्बिर
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।
प्रतिनिधिसभाबाट सन्देशसहति विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको उक्त विधेयक खानेपानीमन्त्री उमाकान्त चौधरीले पारित गरियोस् भनी बैठकमा प्रस्तुत गरेका थिए ।
उक्त विधेयकमाथिको छलफलमा सांसद प्रकाश पन्थले भाग लिनुभएको थियो । सांसदले उठाएका प्रश्नको जवाफमा खानेपानीमन्त्री चौधरीले विधायन व्यवस्थापन समितिमा महत्वपूर्ण छलफल भएर विधेयक समृद्ध बनाएको जानकारी दिए ।
उनले अहिलेको अवस्थामा संविधानलाई कार्यान्वनय तथा दीगो विकास लक्ष्य पूरा गर्न सरकारले लिएको नीति र कार्यक्रम व्यवस्थापन र कार्यान्वयका लागि अति आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिए । राष्ट्रिय सभाको अर्को बैठक यही २३ गते अपराह्न १ बजे बस्ने गरी स्थगित भएको छ ।
२०७९ साउन १२ गते
प्रतिक्रिया
सम्बन्धित








