प्रधानमन्त्री पत्नी आरजु र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबिच भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबिच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

उपचारको सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेकी आरजुलाई ६ महिनापछि भेटेको भन्दै चौथाइवालेले ट्विटरमा खुसी व्यक्त गरेका छन् ।

यसअघि गत वर्ष चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरजुले उनलाई जनैपूर्णिमाको दिन राखी बाँधिदिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =