राष्ट्रपतिद्वारा विभिन्न मुलुकका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न मुलुकका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले डा शर्मिला पराजुली ढकाल लाई स्पेनका लागि नेपालको आवासीय राजदूतमा, मिलनराज तुलाधारलाई रूसी महासङ्घका लागि नेपालको आवासीय राजदूतमा, प्राडा राम स्वार्थ रायलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा र गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई भूटानका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =