आहुति भन्छन्- जनताका लागि लड्दै आएकाे ठूलाे जमात क्रान्तिकारीका नाममा दलाल पुँजीवादमा पतन भयाे (भिडिओसहित)

काठमाडाैँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयाेजक आहुतिले नेपाली जनताका लागि लड्दै आएकाे ठूलाे जमात दलाल पुँजीवादमा पतन भएकाे टिप्पणी गरेका छन् । मंगलबार काठमाडाैँमा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उनले भने, ‘नेपाली जनताका लागि लड्दै आएकाे एउटा ठूलाे जमात क्रान्तिकारीका नाममा दलाल पुँजीवादमा पतन भएकाे छ ।’
एमसीसी र एसपीपीकाे सन्दर्भ झिक्दै उनले भनेका छन्, ‘सिधै भन्ने हाे भने यहाँ सेना उतार्ने काम शुरू भएकाे छ । याे बुझ्न जरुरी छ ।’
तर पनि साेचेकाे र हुनुपर्नेजत्तिकाे आन्दाेलन हुन नसकिरहेकाेउल्लेख गर्दै उनले भने, ‘स्वाभाविकरूपमा यसका दुईवटा कारणहरू छन् । एउटा नेपाली जनताका निम्ति लामाे समयदेखि लड्दै आएकाे क्रान्तिकारी आन्दाेलनकाे एउटा ठूलाे हिस्सा दलाल पुँजवादमा पतन भएकाे छ । उसले मुखले देशभक्तिकाे कुरा गरिरहेकाे छ तर काम भने दलाल पुँजीवादकै गरिरहेकाे छ । जसले आमसर्वसाधारणमा भ्रम परेकाे छ । हिजाे यिनीहरूले नै देशभक्तकाे कुरा गरिरहेका थिए भनेर उनीहरू भ्रमित भएका छन् । उनीहरूले त्यसले प्रभावित पारेकाे छ । उनीहरूलाई हिजाे त हाम्राे पक्षमा अडान यिनीहरूले नै लिएका हुन् भन्नेछ ।’
जनतालाई त्यसकै धङधङी रहेकाे उल्लेख गर्दै भनेका छन्, ‘त्यसकारण पनि आन्दाेलन भनेकाे गतिमा उठ्न सकेकाे छैन ।’








