‘तुम शेर तो, हम सवाशेर’ भन्न छाेडाैँ, वामपन्थी एकता गराैँ : नारायणकाजी (भिडिओसहित)

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले वामपन्थी एकता आजकाे राष्ट्रकाे एकता रहेकाे बताएका छन् । ‘अहिले हाम्राे वामपन्थीहरूकाे स्थिति कस्ताे छ भने एकअर्कालाई सिद्ध्याउने, तल पार्ने मेसाे चलाउँदाखेरी आफू सबै सिद्धिने दिशातिर गइरहेका छाैँ । एकअर्कालई सिद्ध्याउने हाे भने वामपन्थी आन्दाेलन रहँदैन । त्यसबारे साेच्नुपर्‍याे, बच्नुपर्‍याे । अनि वामपन्थी  आन्देालन सकिएपछि के हुन्छ त नेपालमा ? नेपालकाे ठाेस सन्दर्भमा वामपन्थी आन्दाेलन सकिन्छ । त्यसपछि राष्ट्रियता कमजाेर बन्छ र संकटमा आइपर्छ । देश सिद्ध्याउने काम नगराैँ, वामपन्थीहरूकाे एकता आवश्यक छ । आपसमा आत्मालाेचना गरेर पुन: जुटाैँ । त्यसका लागि तालमेल, माेर्चा बनाएर फरक दिशातिर अघि बढाैँ,’ उनले भनेका छन् ।

उनले नेतृत्वहरूमा ‘तुम शेर तो, हम सवाशेर’ भन्ने धारणा अझै रहेकाे उल्लेख गर्दै त्यसाे भन्न छाेड्नुपर्ने बताए । ‘याे भन्न छाेडाैँ, आत्मालाेचना गराैँ र पुन: फरक दिशामा अघि बढाैँ,’ उनले भनेका छन् ।

पार्टी एकताका लागि तत्काल अवस्था नबनेपनि तालमेल गरेर अगाडि जान सकिने उनकाे भनाइ थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 6 =