पत्रकार कुटपिटको आरोपमा भरतपुर विद्युत् प्राधिकरणका सात कर्मचारी पक्राउ

चितवन । चितवनका पत्रकार कृष्ण आचार्यलाई कुटपिट गर्ने सात जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार पत्रकार कुटपिट गर्ने विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् ।

पत्रकारको कुटपिटको आरोपमा केन्द्रका सुपरभाइजर इलेकट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटररिडर हेमन्त ढकाल, फोरम्यान इलेकट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशङ्कर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका चितवन प्रहरीले जनाएको छ ।

शुक्रवार प्राधिकरण भरतपुरको कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन गर्न पुगेका आचार्यलाई त्यहाँका कर्मचारीले कुटपिट गरेका थिए ।

पक्राउ पर्नेहरूलाई कानुनअनुसार कारबाही गर्ने गरी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता अधिकारीले बताए ।

पत्रकार आचार्यले आफूलाई कुटपिट हुन थालेपछि भागेर ज्यान जोगाएका थिए ।

आचार्यले लगाएको कपडासमेत च्यातिदिएका थिए । समूह नै मिलेर कुट्न थालेपछि बन्द भएको गेट नाघेर ज्यान जोगाएको पत्रकार आचार्य बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =