प्रचण्ड र भारतीय विदेशमन्त्रीबिच के-के कुराकानी भयाे ?

काठमाडौँ । भारत भ्रमणमा रहेका नेकपा माअाेवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल र भारतीय विदेश मन्त्री एस जयशंकरबिच भेटवार्ता भएकाे छ ।्र

शनिवार दिउँसाे भएकाे भेटका क्रममा उनीहरूबिच नेपाल-भारतबिच आर्थिक सहकार्यमा केन्द्रित रही कुराकानी भएकाे भारती विदेशमन्त्री जयशंकरले जनाएका छन् ।

उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै आर्थिक सहकार्यमा केन्द्रित भइ छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको बताएका छन् ।

मन्त्री जयशंकरले छलफल फलदायी रहेको टिप्पणी गर्दै छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव नेपालकाे भरपर्दो साझेदार रहने बताएका छन् ।

‘भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ’, उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिकाे चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’

प्रचण्डले आजै भारतीय सुरक्षा सल्लाहकार अजीत डोभाल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ । भाेलि प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई भेट्ने कार्यक्रम छ ।

भारतीय जनता पार्टीकाे निमन्त्रणामा प्रचण्ड शुक्रवारबाट भारत भ्रमणमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =