बल्खुस्थित टाटा सुमो काउण्टरमा यात्रुलाई हैरानी दिने १० जना पक्राउ

काठमाडाैँ । बल्खुस्थित टाटा सुमाेकाे काउन्टरमा यात्रुहरूलाई अनावश्यक हैरानी दिने १० जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरी वृत कालीमाटीबाट गएकाे प्रहरी टाेलीले यात्रुलाई हैरानी दिने १० जना बिचाैलियालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरूमा जिल्ला सिन्धुली कमलामाई नपा वडा नं ९ घर भई काठमाडाैँ महानगर वडा नं १४ बस्ने ३० वर्षीयीय हरि बहादुर पाण्डे, उदयपुर लिल्बुजुंग ४ घर भई काठमाडाैँ १४ बस्ने २२ वर्षीय संजय तामाङ, भारत बिहार राज्य पाहाडपुर पोटवा घर भई हाल काठमाडाैँ १३ बस्ने २९ वर्षीय राकेश कुमार श्रीवास्तव, कैलाली धनगढी १६ घर भई हाल काठमाडाैँ १४ बस्ने २१ वर्षीय राजु थापा रहेका छन् ।

त्यस्तै, राैतहट चन्द्रनिगाहपुर ४ घर भई हाल कीर्तिपुर २ बस्ने २९ वर्षीयीय आकाश तामाङ, पर्सा वीरगञ्ज १५ घर भई हाल काठमाडाैँ १४ बस्ने ३५ वर्षीय राजीव कुमार सिंह, सिन्धुली कमलामाई १३ घर भई हाल काठमाडाैँ १४ बस्ने ३० वर्षीय नितिशजंग राणा  , सर्लाही लालबन्दी ४ घर भई काठमाडाैँ १४ बस्ने २९ वर्षीये का रवीन्द्र चौधरी, इलाम श्रीनन्द ३ घर भई हाल काठमाडाैँ नागार्जुन ३ बस्ने २९ वर्षीय दाेर्जे गुरुङ र काठमाडाैँ दक्षिणकाली १ बस्ने ४० वर्षीयीष राम तामाङ पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरूले यात्रुहरूलाई तानी बाधा र अवराेध गरी अनावश्यक दुःख र हैरानी दिने गरेकाे प्रहरीले जनाएकाे छ । प्राप्त सूचनाका आधारमा घटनास्थल गएकाे प्रहरीले उनीहरूलाई यात्रुहरूलाई हैरानी दिइरहेकाे अवस्थामा पक्राउ गरेकाे हाे ।

उनीहरू माथि मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडाैँबाट ५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त कालीमाटीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =