पाकिस्तानमा एक महिनामै १५७ महिला अपहरित

इस्लामावाद । पाकिस्तानमा जुन महिनामा १५७ जना महिला अपहरित भएका छन् ।

सोही अवधिमा ९१ महिलामाथि बलात्कार भएको विवरण पनि हालै सार्वजनिक भएको एक प्रतिवेदनमा उल्लेख छ ।

दिगो सामाजिक विकास संगठन (एसएसडिओ) र अनुसन्धान, विकास र सञ्चार केन्द्रले तयार पारेको प्रतिवेदनमा महिला विरुद्धका हिंसा बढेको देखिएको छ ।

हिंसाको अवस्था र सङ्ख्याको गुणात्मकता नकारात्मक भएको देखिएको छ, प्रतिवेदनमा लेखिएको छ ।

जुन महिना भरीमा १८० बालबालिकामा यौनजन्य तथा भौतिक हिंसाका घटना भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

बालबालिका माथि भएका ९३ दुर्व्यवहारका घटना मध्ये ६४ ओटा अपहरणका घटना र ३७ ओटा भौतिक आक्रमणका घटना भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eleven =