बालकोट पुगेका बालेनलाई ओलीको तबला

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए ।

ओली र बालेनबीच काठमाडौँ महानगरको समग्र विकासका बारेमा छलफल भएको बताइन्छ । बालेनले यसअघि महानगरमा आफ्नो जित सुनिश्चित भएपछि ओलीलाई बालकोट नै पुगेर भेटेका थिए । बुधबारकाे भेटपछि मेयर शाहलाई ओलीले एउटा तबला उपहार दिएका एमाले नेता कर्णबहादुर थापाले बताएका छन् ।

बुधबार बिहान मात्रै मेयर शाहले एमालेबाट मेयरका प्रत्यासी केशव स्थापितलाई उनकै निवास पुगेर भेटेका थिए । केही दिनअघि कांग्रेसबाट मेयरमा उम्मेदवार बनेकी सिर्जना सिंहसँग पनि बालेनले भेटवार्ता गरेका छन् ।

साथै मेयर शाअले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई लगायतसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =