मेयर बालेनले १५ मिनेटमै हटाए फेसबुक ‘स्ट्याटस’
२०७९ असार २८ गते

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले फेसबुकमा राखेको स्ट्याटस केही मिनेटमै हटाएका छन् । मंगलबार राति फेसबुकमा ‘काम गर्न देऊ डिस्टर्ब नगर’ भनेर लेखेका मेयर बालेनले झण्डै १५ मिनेटमा उक्त स्ट्याटस हटाएका हुन् ।
उक्त फेसबुक पोष्टमा अधिकांश नकारात्मक प्रतिक्रिया व्यहोरेका बालेनले तत्काल स्ट्याटस नै डिलिट गर्न बाध्य भए । उनले यसअघि स्वर्गीय र्यापर यम बुद्धको शालिक बनाउने घोषणा गरेसँगै चर्को विरोध भएको थियो । यद्यपि उनले उक्त शालिक आफ्नै तलबबाट बनाउने घोषणा गरेका थिए ।

२०७९ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित








