नेताका नाममा पैसा दिन छोडौँ, श्रीलंकाबाट सिकौँ : धनराज गुरुङ
२०७९ असार २६ गते

काडमाडाैँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले श्रीलंकाकाे घटनाबाट नेपालले सिक्नुपर्ने बताएका छन् ।
उनले कुनै पनि नेताका नाममा खोलिएका फाउन्डेसन र कोषमा राज्यकाे पैसा लगाउन नहुने बताउँदै यस्ताे याे कुरा पटकपटक केन्द्रीय समितिमा उठाएकाे बताएका छन् ।
उपसभापति गुरुङले सुशील कोइराला सभापति भएकै बेलाको केन्द्रीय समिति बैठकमा आफूले यो कुरा उठाएको पनि बताएका हुन् ।
उनले भने, ‘सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समितति बैठकमा भनेको थिएँ . नेताहरुको नाममा खोलेको ट्रष्टरफाउन्डेसनहरूमा राज्यकोषबाट बजेट हाल्ने र ब्रम्हलुट गर्ने काम भइरहेको छ । यो भ्रष्टाचार हो, रोक्नु पर्छ ।’
‘तर यो प्रवृत्ति झनै बढेको छ’, उनले भनेका छन्, ‘श्रीलंकाको घटनाबाट अचेत नेताहरुको चेत खुलोस् ।’
२०७९ असार २६ गते
प्रतिक्रिया
सम्बन्धित








