माओवादी केन्द्रीय कमिटी बैठक बिहीवारसम्मका लागि स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

बुधवार १ बजे बोलाइएको माओवादी बैठक बिहीबार बिहान ११ बजे बस्नेगरि स्थगित भएको माओवादी नेता रामनारायण बिडारीले जानकारी दिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संगठनात्मक प्रस्तावलाई अन्तिम रूपमा दिन थप समय लाग्ने देखिएपछि बैठक सारिएको बताइएको छ ।

बिडारीले पार्टीको आन्तरिक तयारीका साथै संसद्मा शीर्ष नेताहरू गम्भीर विषयको छलफलमा केन्द्रित हुनुपरेकाले बैठक स्थगित गरिएको बताए ।

आइतबारबाट सुरु भएको माओवादी केन्द्रीय समितिको बैठकमा सोमबार ४१ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।

बिहीबार बस्ने बैठकमा अध्यक्षले उठेका प्रश्नहरूको जवाफ दिने, संगठनात्मक तथा राजनीतिक प्रस्ताव पास गरेर बैठक सक्ने माओवादी तयारी छ । अन्तिम समयमा बैठक स्थगित भएपछि प्रज्ञा भवनमा पुगेका केन्द्रीय सदस्यहरू फर्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =