अर्थमन्त्री शर्माबारे माओवादी : मिलेर सामाना गर्ने, राजीनामा नदिने !
२०७९ असार २२ गते

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटिको बैठकमा अर्थमन्त्री जनार्दन शर्माबारे उठिरहेका पछिल्ला विषयबारे मिलेर सामाना गर्ने निर्णय गरेकाे छ ।
अर्थमन्त्री शर्माले राजीनामा दिनुनपर्ने निष्कर्ष निकाल्दै बैठकले बरू मिलेर सामाना गर्ने निर्णय गरिएकाे एक नेताले बताए ।
उनले भने, “उहाँले कुनै गलत गर्नुभएको छैन भन्नेमा सबैको समान धारणा छ । राजीनामा नदिने बरु सामना गर्ने कुरा भयो ।”
पछिल्लो समय अर्थमन्त्रीको राजीनामा सत्तारुढ दलबाट माग हुँदै आएको छ ।
२०७९ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








