युट्युबमा अश्लील शीर्षक राखी भिडिओ अपलाेड गर्ने युट्युबर पक्राउ
२०७९ असार २१ गते

काठमाडौँ । प्रहरीले युट्युब च्यानलमा अश्लील शीर्षक राखी भिडिओ अपलाेड गर्ने १ जनालाई पक्राउ गरेकाे छ ।
नेपाल प्रहरीकाे साइबर ब्युरोले सोमबार फोर रियल टिभी नामक युट्यबु च्यानलका सञ्चालक २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो ।
उनी नुवाकोट घर भई हाल काठमाडौँको बौद्ध तीनचुलेमा बस्दै आएकाे प्रहरीले जनाएकाे छ । उनलाई आफ्नो च्यानल मार्फत अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडिओ बनाएर सामाजिक सञ्जालमा प्रसारण गरेको आरोप छ ।
जिल्ला अदालतको आदेशमा थप पाँच दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ ।

२०७९ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








