उपेन्द्रसँग छुट्टिने बेला बाबुरामले भने- वैकल्पिक राजनीतिक शक्तिकाे औचित्य झन् बढेर गएकाे छ

काठमाडाैँ । जनता समाजवादी पार्टी [जसपा] का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिकाे औचित्य र आवश्कयता झनै बढेर गएकाे बताएका छन् । ‘देशमा वैकल्पिक राजनीतिक शक्तिको औचित्य र आवश्यक्ता सिद्धिएको हैन, बरू झन् बढेर गएको छ,’ उनले आफ्नाे आधिकारिक फेसबूकमा लेखेका छन् ।

उनले नयाँ ढङ्गले अघि बढ्न साहस गर्नसमेत आग्रह गरेका छन् । थप लेखेका छन्, ‘अभियानमा संलग्न सबैले गम्भीर आत्मसमीक्षा गराैँ र नयॉ ढङ्गले पछि हट्ने हैन अघि बढ्ने साहस गराैँ ।’

बाबुरामले जसपा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग छुट्टिने निर्णय लिइसकेका छन् । यसबीचमा उनीहरूबीच सहमतिमै छुट्टिने मञ्जुरी भइसकेकाे छ । यही बेलामा भट्टराईले यस्ताे लेखेका हुन् । यसअघि नयाँ शक्ति बनाउँदा पनि बाबुरामले यही पेरिफेरीमा लामाे लेख लेखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =