जसपाले फेर्यो ३ मन्त्री, कसलाई कुन मन्त्रालय ?
२०७९ असार २० गते

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)ले ३ मन्त्रीहरू फेरेकाे छ । पार्टीले आइतबार आफ्ना तीन मन्त्री हेरफेर गर्दै नियुक्तिका लागि सिफरिस गरेको हाे ।
फेरिएका तीन नयाँ मन्त्रीको शपथ आजै दिउँसो ४ बजेको लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म्द इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मृगेन्द्र कुमार सिंह यादव र वन तथा वातावरणमन्त्रीमा प्रदीप यादवलाई नियुक्त गरिएको छ।
यसअघि भौतिकमन्त्रीमा रेणु यादव, कृषिमा महिन्द्रराय यादव र वनमन्त्रीमा रामसहाय यादव थिए।
अघिल्लो हप्तामात्रै नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेकाे थियाे ।


२०७९ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








