प्रचण्ड-राजेश हमालबीच भेटवार्ता
२०७९ असार १७ गते

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र] का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महानायक राजेश हमालबीच भेटवार्ता भएकाे छ । प्रचण्डलाई भेट्न राजेश शुक्रबार बिहान खुमलटार नै पुगेका थिए । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला राजेशले प्रचण्डलाई भेट्नुलाई अर्थपूर्णरूपमा हेरिएकाे छ ।
भेटमा समसामयिक राजनीति, नेपाली चलचित्र क्षेत्रका समस्या र त्यसकाे समाधानबारे छलफल भएकाे छ । प्रचण्ड सचिवालयकाअनुसार उनीहरूबीचकाे भेटवार्ता यी नै विषयहरूमा केन्द्रित भएकाे थियाे ।
२०७९ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








