धर्म परिवर्तनले नेपालीको राष्ट्रिय पहिचानमा धक्का : थापा

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनले नेपालीको राष्ट्रिय पहिचान र एकतामै ठूलो धक्का पुर्‍याएको आरोप लगाएका छन् । बिहीबार राप्रपा नेपालको आयोजनमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा गरिएको वर्तमानका चुनौती र विकल्प बृहत् अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष थापाले धर्म परिवर्तनको डढेलोले धार्मिक र सामाजिक द्वन्द्व बढाउने गरी मुलुक इसाइकरणको बाटोमा रहेको आरोप लगाए । उनले भने, ‘संसारका अन्य मुलुकहरूमध्ये नेपालमा तीव्र गतिमा इसाई धर्म परिवर्तन भइरहेको छ । जसले देशको आर्थिक, रोजगारी, स्वास्थ्य शिक्षामा धेरै तल रहेको छ ।’ थापाले नेपाल धर्म परिवर्तन गर्ने र समाजलाई ईसाइकरण गर्नेमा विश्वकै पहिलो नम्बरमा रहेको आरोप लगाए ।

हाल देशका प्रमुख दलहरूले चुनाव जित्न, सरकार जान र सरकारमा लामो समयसम्म टिकिरहनेको लागि विदेशीको इशारामा चलिरहेको थापाले दाबी गरे । थापाले भने, ‘एमसीसी पास र एसपीपी जस्ता पछिल्ला घटनाले नेपालका शीर्ष दलहरू कसको सहारामा चलिरहेका छ भन्ने पुष्टि भइरहेको छ ।’ उनले थपे, ‘राष्ट्रियता कमजोर बनेको र विदेशी चलखेलका कारण नेपाल अन्तर्राष्ट्रिय महाशक्तिहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बन्ने खतरा छ ।’

यस्तै, थापाले जनताको माझमा राप्रपा नेपाल वर्तमानका चुनौती र विकल्प बृहत् अन्तरक्रिया कार्यक्रम देशका साथै वटै प्रदेशमा गरिएको बताए । उनकाअनुसार प्रदेश नम्बर १ को विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, सुदूरपश्चिम प्रदेशको धनगढी र अन्तिममा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा कार्यक्रम गरिएको हो ।

अध्यक्ष थापाले विशेष गरेर पार्टीलाई जनता समक्ष चिनाउने र देशको समसामयिक विषयमा विचार विमर्श गर्ने विषयमा रहेर बृहत् अन्तरक्रिया गरिएको बताए । साथै थापाले संकटग्रस्त अर्थतन्त्र, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, धर्म परिवर्तनको डढेलो, राष्ट्रियता कमजोर, भ्रष्टाचारको महारोग र देशको वर्तमान अवस्थाका बारेमा सात वटै प्रदेशमा अन्तर्राष्ट्रिय गरिएको छ बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *