गायिका दिलमाया सुनारको मृत्यु ‘ह्याङ्गिङ’बाट भएको पोस्टमार्टम रिपोर्ट

काठमाडौँ । आफ्नै कोठामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको पाेस्टमार्टमकाे रिपाेर्ट आएको छ  ।

पाेस्टमार्टम रिपाेर्टअनुसार गायिका सुनारकाे मृत्युकाे कारण ह्याङ्गिङ रहेकाे प्रहरी स्रोतले जनाएकाे छ ।

पोस्टमार्टमा ह्याङ्गिङ उल्लेख भए पनि अहिले नै हत्या कि आत्महत्या भन्न सक्ने अवस्था नरहेको प्रहरीस्राेतले जानकारी दियाे । अनुसन्धानका अन्य पक्ष पनि बाँकी नै रहेकाले हत्या कि आत्महत्या भन्ने विषय भने पछि खुल्ने बताइएकाे छ ।

सुनारको मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक घर भएका उनका प्रेमी भनिएका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =