कैलालीमा रोपाइँ गर्न गएका किसानको चट्याङ लागेर मृत्यु

धनगढी । कैलालीमा चट्याङ्ग परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-३ मालाखेतीमा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ्ग लागेर मृत्यु भएको हो ।

मंगलबार बिहान ७:४५ बजेको समयमा मालाखेतीस्थित रेडियण्ट ग्याँस कम्पनी नजिक रोपाइँ गर्न गएका उनको चट्याङ लागेर मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

बिहानदेखि पानी परेपछि कैलाली-कञ्चनपुरमा किसानहरू रोपाइँमा व्यस्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *