सांसद् चौधरीले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै इआरएमसीको आपत्ति

काठमाडौँ । नेकपा एमालेकी सांसद गंगा चौधरीले संसद्मा आफ्नो विषयमा अनावश्यक भ्रम फैलाउने अभिव्यक्ति दिएको भन्दै इन्भाइरोन्मेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्ट प्रालि ९इआरएमसी०ले आपत्ति जनाएको छ ।
सांसद चौधरीले इआरएमसीले शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागबाट सेटिङ मिलाएर ५१ वटा काम पाएको भन्दै संसद्मा दिएको विवादित अभिव्यक्ति सरासर झुटो भएको बताएको हो । सोमबार एक विज्ञप्तिमार्फत इआरएमसीले उक्त आरोप कपोकल्पित रहेको भन्दै सांसद चौधरीले बिना अध्ययन अफवाह फैलाएको समेत आरोप लगाएको छ ।
‘एक वर्षमा इआरएमसीले शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागमा मात्रै ५१ वटा काम पाएको भनेर माननीय सदस्यले संसद्मा अभिव्यक्त गरेको विषय पुरै तथ्यहीन रहेको जानकारी गराउँदछौँ । हामीले विगत ३ आर्थिक वर्षमा प्रतिस्पर्धा गरेका मध्य सो विभाग अन्तर्गत जम्मा एउटा मात्रै काम गर्ने गरी सम्झौता गरेको सबैलाई सहर्ष जानकारी गराउँदछौँ ।’, विज्ञप्तिमा भनिएको छ ।
सामान्य भन्दा सामान्य मानिसले पनि सहजै जानकारी पाउने विषयलाई पनि पुरै पर्दा हाल्दै बिना तथ्य र आधारमा बोल्दा सांसदकै अभिव्यक्तिले स्वयम् संसद् र सांसदहरूको ओज र गरिमा धूलिसाथ बनाएको इआरएमसीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सांसद चौधरी संसद्मा निरन्तर विवादमा आइरहने सांसद हुन् । उनी संसद्मा आफूलाई थाह नै नभएको विषयमा आरोप प्रत्यारोप गर्नेदेखि मन्त्रीसम्मको व्यक्तिगत विषयमा टिप्पणी गरेर विवादमा आइरहन्छिन् ।
उनी यसअघि नेकपा एमालेले संसद् अवरुद्ध गर्ने घोषणा गर्दा सभामुखमाथि जाइलाग्न रोष्टमतर्फ दौडिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । यस्तै सांसद चौधरीमाथि आफ्नै दिदीमाथि सौता गएर श्रीमानमाथि हिंसा गरेको समेत आरोप लाग्ने गरेको छ । बेलाबेला संसद्मा अनावश्यक विषयमा बोलेर होस् वा सञ्चारमाध्यममा बोलेर उनी विवाद र चर्चामा आइरहन्छिन् ।
यस्तो छ संस्थाको प्रेस विज्ञप्ति :-









