जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घाेषणालगायत यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसएसपी) अघि नबढाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै सरकारी निकायहरूले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णयसमेत गरेको जानकारी दिए ।

बैठकले राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्ष पदमा वरिष्ठ पत्रकार धमेन्द्र झा (धनुषा)लाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले बैठकले नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदर स्वरूप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।

उनले नेपाल वायु निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने सरकारले निर्णय गरेको बताए ।

बैठकले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने पनि निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय :

१. संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने ।

२. सबै सरकारी निकायले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरुपमा परराष्ट्र मन्त्रालय मार्फत गर्ने ।

३. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्ने ।

४. नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने ।

५. नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्बन गरी निजउपर जाँचबुझको कार्य अघि बढाउने ।

६. कोहलपुर-सुर्खेत १३२ केभी प्रसारणलाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।

७. राष्ट्रिय समाचार समितिको रिक्त अध्यक्षमा धर्मेन्द्र झा (धनुषा) लाई नियुक्त गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + thirteen =