काठमाडाैँ महानगरकाे नीति तथा कार्यक्रम- ‘ऐला’ लाई अन्तर्राष्ट्रिय ब्रान्डिङ, हरेक आइतबार जनतासँग मेयर कार्यक्रम

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाले नेवार समुदायमा प्रचलनमा रहेको पेय पदार्थ [ऐला] ब्रान्डिङ गर्ने भएकाे छ । आव २०७९/८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख बालेन्द्र शाहले यसकाे घाेषणा गरेका हुन् । ‘नेवार समुदायमा प्रचलनमा रहेको स्थानीय पदार्थलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी अन्तराष्ट्रिय पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएकाे छ ।

यस्तै नीति तथा कार्यक्रममा विभिन्न जात्रा र पर्वलाई अन्तर्राष्ट्रियस्तरसम्म प्रचार गर्ने लक्ष्य राखिएकाे छ ।

महानगरले कोचिङ सेन्टरलाई नियमन गर्ने याेजना अघि सारेकाे छ ।

हरेक आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम

यस्तै महानगरले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + seventeen =