सभापति निराैलाकाे आशङ्का:

‘एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?’

काठमाडौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एमसीसी जस्तै एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झाैता  भई संसदबाट पारित हुने त होइन भन्ने अहिले आम नेपालीको आशंका बनेको बताएकी छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘नेपालमा अमेरिकी सेनाको बुट बजार्ने कुरा आइरहेको छ,’ उनले भनिन्, ‘एमसीसी व्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ? यस्तो आशंका आम जनताले पनि गरिरहेका छन् । यसले सबैको मन रोएको छ । नेपाल स्वतन्त्र राष्ट्र हो । सँधै स्वतन्त्र रहन चाहन्छ ।’

संसदमा उपस्थिति भएर सांसदहरुले उठाएको प्रश्नहरुसँग एसपीपीलाई प्रस्ट पारेको भए प्रधानमन्त्रीलाई समितिमा बोलाउनै नपर्ने समेत उनले बताइन् ।

‘सदनमा जवाफ दिएको भए प्रधानमन्त्रीलाई समितिमा बोलाउने थिएनौँ,’ उनले भनिन्, ‘सदनमा कुरा उठेको थियो तर प्रधानमन्त्रीले सदनमा आफ्नो धारणा दिनुभएन । समम्बन्धित समिति भएकाले प्रधानमन्त्रीलाई आमन्त्रण गरेका हौँ । उनको तर्फबाट जवाफ पाउने आशा र अपेक्षा गरेका हौँ । हामीले के चाहेका थियौँ भने प्रधानमन्त्री सेनापति र परराष्ट्रमन्त्रीलाई बोलाउने भनेका हौँ । कतिपय सवाल अतिरञ्जति भएर आउका होलान् कतिपय सवाल गलत ढंगले आएका होलान् ती सबैको जवाफ आधिकारीक रूपमा आओस् भन्ने हाम्रो धारणा हो ।’

प्रधानन्त्रीलाई समितिमा फेरि पनि आमन्त्रण गरिने उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =