अमेरिकालाई पत्र लेखेर एसपीपी त्याग्न सांसदहरुको माग

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै सांसदहरुले अमेरिकालाई पत्र लेखेर एसपीपी त्याग्न सरकारलाई निर्देशन दिन माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा समितिको निम्तोलाई बेवास्ता गर्दै समितिमा अनुपस्थित भएपछि असन्तुष्ट सांसदहरुले यस्तो माग गरेका हुन् ।
समिति बैठकमा बोल्दै सांसद मोहन बानियाँले भने, ‘तुरुन्तै अमेरिकालाई पत्र लेखौँ, एसपीपी चाहिदैन भनौँ । ख्याल ख्याल नठानौँ । चीन बोलिसकेको थाहा छैन ।’
त्स्तै, सांसद सुदन किराँतीले एसपीपीमा सहभागी नहुने जानकारीसहति अमेरिकालाई पत्र लेख्न प्रधानमन्त्रीलाई समितिले निर्देशन दिनुपर्ने बताए ।
सांसद सरलाकुमारी यादबले विभागमा दुई दुई पटक संसद विघटन गरेर मुलुकलाई संविधान बाहिरबाट चलाउन खोजियो भनेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको हो,’ उनले भने, ‘तर अहिले अमेरिकाको सैन्य अखडा बनाउन खोजिएको होकी भन्ने आशंका छ। हाम्रो आशंका दूर गर्न उहाँले आएर यहाँ दुई शब्द भने पनि बोलिदिनुपर्छ ।’
सांसद नारदमुनी रानाले प्रधानमन्त्रीसँग छलफल गर्न भनेर बिहानभर तयारी गरे पनि प्रधानमन्त्री समितिमा नआएको बताए । स्वम् प्रधानमन्त्री र हामीलाई एउटा मौका भए पनि यो अवसरको सदुपयोग हुन नसकेको बताए ।
‘एमसीसी र एसपीपीको जगमा त यो सरकार बनेको होइन ?,’ उनले भने, ‘एमसीसीमा ब्याख्यात्मक टिप्पणी भनेर पास गरिन्छ । एसपीपीमा पनि सरकार जवाफ दिनबाटै पन्छिन खोज्छ प्रधानमन्त्री समितिमा जवाफ दिन आउँदैनन् । राजतन्त्र जानै लागेको बेलामा मुलुक राजाको हातमा बुझाउने प्रधानमन्त्री नै अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ ।’









