प्रधानमन्त्रीको अनुपस्थितिलाई समितिको अपमान नभन्न कांग्रेस सांसदको आग्रह

काठमाडौँ । नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रुपमा नलिन आग्रह गरेकी छन् ।

समिति सभापति पवित्रा निरौला खरेलले बिहानभर फोनमा ब्यस्त हुँदा पनि समितिमा उपस्थित गराउन नसकेको र बिहान ८ बजे मात्रै प्रधानमन्त्री उपस्थित हुन नभ्याउने भनी जानकारी दिइएको भन्दै प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताइन् ।

‘यो अपमान नै गरेको भन्ने मलाई लाग्छ,’ उनले भनिन् ।

सभापतिले यस्तो भनेपछि काङ्ग्रेस सचेतक भुसालले अपमान भन्ने शब्द उचित नभएको बताइन् ।

‘हामीले बोलाउदा उहाँ आउनुपर्छ,’ उनले भनिन्, ‘तर प्रधानमन्त्रीको समय के भयो त्यस आधारमा बुझ्नुपर्छ।’

अपमान शब्द प्रयोग नगर्न उनले आग्रह गरिन् ।

कांग्रेस सांसद दिव्यमणी राजभण्डारीले पनि एउटा बैठकमा कार्यब्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =