एसपीपीसम्बन्धी कागजात ७ दिनभित्र संसदमा पेश गर्न सरकारलाई निर्देशन

काठमाडौँ । संसदीय समितिले एसपिपीका सम्बन्धमा भएका पत्राचार वा सहमतिको कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रवार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले एसपिपीका सम्बन्धमा नेपालको रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका तर्फबाट अमेरिकासँग गरेका पत्राचार वा सहमति सात दिनभित्र समिति उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।

बैठकले एसपीपीका विषयमा तत्कालीन परराष्ट्र सचिवको नेतृत्वमा रक्षा र गृह सचिव प्रधानसेनापति सम्मिलित कार्यदलको निष्कर्षलाई समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिने निर्णय भएको सभापति पवित्रा निरौलाले जानकारी दिए ।

एसपिपी ‘इण्डो प्यासिफिक रणनीति’ को हिस्सा बन्ने अमेरिकाको प्रतिवेदनपछि अब उप्रान्त यसमा नेपाल सरकार सहभागी नहुने अमेरिकालाई अवगत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको उनले बताए ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा कुनै पनि विवादास्पद सहमति वा कार्य नगर्न निर्देशन दिएको सभापति निरौलाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =