कानूनमन्त्रीकाे ठम्याइ- ‘हिजाेआज धेरै कम्युनिष्टहरू पूजा गर्न जानुहुन्छ’ (भिडिओसहित)

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गाेविन्दप्रसाद शर्मा काेइरालाले कम्युनिष्ट र कांग्रेसबीच फरक छुटिओस् भनेर शपथसम्बन्धी विधेयकमा राेजेर शपथ ग्रहण गर्ने व्यवस्था नगरिएकाे प्रष्ट्याएका छन् । शपथसम्बन्धी विधेयक २०८९ मा शपथ ग्रहणकर्ताले देश, ईश्वर र जनतामध्येमा राेजेर शपथ ग्रहण गर्न पाउने व्यवस्था गरिएकाे छ । साे विधेयकमाथि सांसदहरूले उठाएकाे प्रश्नकाे जवाफ दिँदै मन्त्री काेइरालाले यस्ताे बताएका हुन् । ‘यसमा ठूलाे कारण छैन । सिर्फ छनाैट दिइएकाे हाे । शपथ ग्रहणकर्ताले राेजेर शपथ ग्रहण गर्न पाउँछ भनिएकाे हाे । यसमा आस्तिक वा नास्तिककाे सन्दर्भ जाेडिँदैन । कांग्रेस र कम्युनिष्टबीच भेद देखिँदैन । त्यसाे त हिजाेआज कम्युनिष्टहरू पनि पूजा गर्न जानुहुन्छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकाे तर्फबाट मन्त्री काेइरालाले नै आजै राष्ट्रिय सभामा शपथसम्बन्धी विधेयक प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =