कांग्रेसका कारण स्थानीय निर्वाचन हार्याैँ : नेपाल (भिडिओसहित)
मकालु खबर
२०७९ जेठ २२ गते
काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नुपरेको बताएका छन् ।
आइतवार काठमाडौँमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरि भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताए ।
समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुने भन्ने कुरा कांग्रेसले पनि बुझ्न जरुरी रहेको उनले बताए । माओवादीभित्र पनि यस्तै स्थिति रहेको उनको भनाई छ ।
उनले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा गरे ।
मकालु खबर
२०७९ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित