बढ्यो रगतको मूल्य, अब प्रतियुनिट १ हजार ६४० रुपैयाँसम्म
मकालु खबर
२०७९ जेठ २२ गते
काठमाडाैँ । सरकारले रगतकाे मूल्य पनि बढाएकाे छ ।
सरकारले सबै रक्तसञ्चार केन्द्रहरूलाई पत्र पठाउँदै रगतकाे नयाँ मूल्य ताेकिएकाे जनाएकाे हाे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा नयाँ मूल्यबारे केन्द्रहरूलाई पठाइएकाे पत्रमा अब प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम भएकाे जनाइएकाे छ ।
यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ रहेकाे थियाे ।
मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो ।
मकालु खबर
२०७९ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित