पाकिस्तान : पूर्वप्रधानमन्त्री इमरान खानकाे हत्या हुनसक्ने हल्ला, इस्लामाबाद प्रहरी ‘हाइ अलर्ट’मा
२०७९ जेठ २२ गते

|पाकिस्तानी प्रधानमन्त्री इमरान खान। फाइल फोटो|
एजेन्सी । पाकिस्तानमा त्यहाँका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या हुनसक्ने हल्ला चलेकाे छ । यसपछि इस्लामाबाद प्रहरीले ‘हाइ अलर्ट’ जारी गरेको हिन्दुस्तान टाइम्सले जनाएकाे छ । इमरानकाे सार्वजनिक भेटघाटलाई समेत प्रतिबन्ध लगाइएकाे छ ।
इमरानकाे हत्या हुनेसक्ने हल्ला फैलिएसँगै उनका भतिजा हसन नियाजीले इमरानमाथि कुनै किसिमको हमला हुनु सिङ्गो पाकिस्तानमाथि हमला हुनु भन्ने प्रतिक्रियासमेत दिएका छन् ।
इमरान नेतृत्वको सरकारमा मन्त्रीसमेत रहेका फवाद चौधरीले हालैमात्र देशको सेक्युरेटी एजेन्सीले इमरानको हत्या गर्ने प्रयास गरिरहेको दाबीसमेत गरेका थिए ।
२०७९ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








