यू-१९ महिला विश्वकप छनोटमा नेपालले युएईसँग खेल्दै

काठमाडौँ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज शनिबार युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

मलेसियाको यूकेएम ओभलमा नेपालले दोस्रो खेलमा युएईको सामना गर्न लागेको हो । नेपाल र युएईबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।

आज नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। युएई पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो ।

नेपाली यू-१९ महिला टोली :
कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टी जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिसा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ (विकेटकिपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =