राष्ट्रिय सभामा नारायणकाजीकाे प्रश्न- एमसीसीकाे १२ बुँदे व्याख्यामा अमेरिका किन बाेलेन ?

काठमाडाैँ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले एमसीसीकाे १२ बुँदे व्याख्यात्मक घाेषणाबारे अमेरिकाले एक शब्दै पनि नबाेलेकाे बताएका छन् । सत्ता साझेदार दल माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका श्रेष्ठले मंगलबार बसेकाे राष्ट्रिय सभामा भाग लिँदै भने, ‘यो एमसीसी योजनाअन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले आफैँले प्रस्ताव राखेकोबारे जवाफ दिनुपर्छ । एमसीसी परियोजनाअन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख गरिएको छु । प्रशारण लाइन निर्माण अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव भएमा सरकार र अर्थमन्त्री धन्यवादको पात्र हुन सक्छन् । सरकारले यसबारे स्पष्ट पार्न आवश्यक छ ।’
नेता श्रेष्ठले सार्वजनिक सवारीसाधनमा राज्यको दायित्व के हुन्छ भन्नेबारे सरकारले अहिले प्रष्ट नबोलेको भन्दै आलाेचना गरे । ‘सार्वजनिक सवारीसाधनको मूल जिम्मेवारी र ठूला पारवहनसँगको मूल जिम्मेवारी लिनुपर्छ,’ उनले भने ।








