‘पाँच महिना बाँकी रहेकाे सरकारले नयाँ सरकारलाई बाेझ पर्नेगरी बजेट ल्यायाे’

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको माथि सैद्धान्तिक छलफलमा भाग लिँदै पौडेलले पाँच महिना अवधि बाँकी रहेको सरकारले भर्खरै निर्वाचनपछि बनेको सरकारले जस्तै आर्थिक बोझ पर्ने गरी बजेट ल्याएको बताएका हुन् ।

उनले बजेट मतदातालाई रिझाएरआ उने निर्वाचनमा भोट प्रभावित गर्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाए । नाराहरू जतिसुकै सुन्दर भए पनि प्रस्तुत बजेट उल्टो दिशातर्फ उन्मुख रहेको उनकाे भनाई छ । उनले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन रहेको बताए ।

त्यस्तै छलफलमा भाग लिदै कांग्रेसका नेता डा मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताए । अघिल्लो सरकारको विरासतका रुपमा वैदेशिक र आन्तरिक ऋण तथा व्यापार घाटा कायम रहेको बताउँदै उनले आर्थिक अवस्था सुधारमा ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

उनले सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा भएको अवस्थामा संसद् बाहिरबाट ल्याएको बजेट र हालको बजेटको तुलना गर्न उपयुक्त नहुने जिकिर गरे ।

त्यस्तै, माओवादी केन्द्रका नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले सम्बोधन गरेको बताए ।

लघुवित्त कर्जा, बाँझो जमिनलाई उपयोग गर्ने विषय, किसानका उत्पादनलाई बजारको सुनिश्चिता, पशु बीमाको प्रिमियम वृद्धि, स्वदेशी उत्पादनलाई प्रश्रय लगाएतका विषय महत्वपूर्ण भएको उनकाे भनाई छ ।

त्यसअघि बैठकमा समय माग गरेर सांसद अञ्जना विशङ्खेले बाँकेको हत्याको घटनामा दोषीलाई कैदबाट उम्काएर निर्दोष सुन्दर हरिचनलाई कैद पठाइएको भनी आएको समाचारबारे ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =